शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

पालिका डायरी
१२ असार २०८०, ०९:४१

शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

१४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई नेपालगञ्ज बोर्डरबाट गएराति उनलाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान उनलाई सार्वजनिक गर्ने जनाइएको छ ।

देशका विभिन्न भागमा शाखा रहेको सहकारीका सयौं बचत कर्ताहरूले रकम फिर्ता पाउन सकेका छैनन् । उनीहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी गरेका थिए ।

प्रतिक्रिया
20230627_093853