कांग्रेसले लय पक्रन सकेन, जनता निराश भए : गगन थापा

पालिका डायरी
९ असार २०८०, ११:५५
सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा file photo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले लय पक्रन नसकेको बताएका छन्। शनिबार काठमाडौं-४ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भएको बताएका हुन्।

थापाले कांग्रेस अहिले अलमलिएको अवस्थामा भएकाले गति लिन नसकेको स्पष्ट पारे। उनले भदौबाट काठमाडौं बाहिरका जनतासमक्ष जाने बताए।

गाउँमा द्वन्द्वकालमा माओवादीको डर र शहरमा शाही सेनाको डर हुँदा पनि कांग्रेसतिर मान्छेको आकर्षण भएको स्मरण गराए। उनले अहिले कांग्रेसले संकल्प के हो स्पष्ट नहुँदा अलमल भएको धारणा राखे।

उनले कांग्रेस भनेको विचार र आइडिया भएको दाबी गरे। थापाले पूरानो भनेको खराब हो भन्ने भाष्य सिर्जना भएकाले समस्या हुन थालेको बताए।

प्रतिक्रिया