बुहारीको कुटपिटबाट सासुको मृत्यु

पालिका डायरी
९ असार २०८०, ११:०३
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

बुहारीको कुटपिटवाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन्। प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भएपछि उनलाई पक्राउ  गरिएकाे हाे । घरायसी विवादमा बुहारीले सासुलाइ कुटपिट गरेकाे र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।

 

मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिए पछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया