सहयोगी मन नेपालद्धारा ९० वर्षीया खतिवडालाई ह्विल चियर सहयोग

हेटौंडा / हेटौंडा सहयोगी मन नेपालले एक बृद्धालाई ह्विलचियर सहयोग गरेको छ ।
मंगलबार हेटौंडा ६ निवासी ९० वर्षीया पदम कुमारी खतिवडालाई ह्विल चियर सहयोग गरिएको हो । हिड्डुल गर्न नसक्ने अवस्थाकी खतिवडालाई हिड्डुल गर्न सहज होस् भन्ने उदेश्यले एक थान ह्विल चियर सहयोग गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईले जानकारी दिए ।
परिवारका सदस्यले सहयोगी मन नेपालसँग ह्विलचेरको माग गरे पछि घरमै गएर ह्विलचियर प्रदान गरिएको संस्थाका अध्यक्ष चौलागाईंले बताए ।उक्त ह्विलचियर उपलब्ध गराउन हेटौंडा ५ निवासी यम चौलागाईंले सहयोग उपलब्ध गराएको बताइएको छ ।
मानविय सेवामा लागिपरेको यस सहयोगी मन नेपालले अघि पनि विभिन्न अशक्त व्यक्तिहरुको सहाराको लागिे ह्विलचियर देखि अन्य सहयोगहरु समेत प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया