विपद प्रभावित किसानलाई कृषि मन्त्रालयद्वारा ५६ लाख क्षतिपूर्ति

पालिका डायरी
४ असार २०८०, १८:११
बागमतीको कृषि मन्त्रालयलाई ३ अर्ब बजेट

हेटौंडा / बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक रोग तथा विपद्का कारण मारमा परेका कृषि फार्महरुलाई क्षतिपूर्ति तथा राहत दिएको छ ।

मन्त्रालयले जेष्ठ मसान्तसम्ममा प्रदेशका ८ वटा कृषि फार्महरुलाई क्षतिपुर्ति दिएको हो । अफ्रिकन स्वाइन फिवरले प्रभावित कृषि फार्म तथा अन्य विपद्मा परेका कृषि फार्महरुलाई मन्त्रालयको कार्यविधिको आधारमा सिफारिस रकम क्षतिपुर्ति दिइएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक बर्षको जेष्ठ मसान्तसम्ममा मन्त्रालयले ५४ लाख ६१ हजार रुपैंया क्षतिपुर्ति तथा राहत वितरण गरेको मन्त्रालयले जनाएको हो।

जसमा काभ्रेपलाञ्चोक जिल्लाका ८ कृषि फार्महरु रहेका छन् । जसमध्ये काभ्रेको धुलीखेलमा रहेको नोबेल कृषि फर्मलाई ५ लाख ७० हजार क्षतिपुर्ति दिइएको छ। उक्त फार्मलाई ५७ वटा बंगुरको स्वाइन फिबरका कारण मृत्यु भएपछि सो रकम क्षतिपुर्ति दिइएको मन्त्रालयका पशु विकास शाखा प्रमुख निशान्त शर्मा गेलालले बताए ।

यस्तै, काभ्रे ३ मा रहेको हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्मलाई बाख्राको खोर बाढिले आंशिक रुपमा क्षति हुँदा ३६ हजार रुपैंया खोर सुधारको लागि क्षतिपुर्ति दिएको छ । काभ्रे ९ पनौतीमा रहेको दाजुभाई एकीकृत बहुउदेश्यीय कृषि फर्मलाई ३५ हजार रुपैंया क्षतिपुर्ति तथा राहत दिएको छ । उक्त कृषि फर्ममा बाढि पसेर क्षति भएको पशु विकास महाशाखाले जनाएको छ।

यस्तै, काभ्रेकै पनौती ५ मा रहेको गैरीगाउँ कृषि तथा पशुपन्छी फर्मलाई ८ लाख २० हजार रुपैंया क्षतिपुर्ति दिएको बताइएको छ। १ सय ८२ वटा बंगुरको क्षति भएकोले एक बंगुर बराबर १० हजार रुपैंया बराबरको क्षतिपुर्ति मन्त्रालय दिएको बताइएको छ। काभ्रेको टीम भिजन एग्रिकल्चर फर्मले १० लाख रुपैंया क्षतिपुर्ति पाएको छ । उक्त फर्ममा १ सय ७७ वटा बंगुरमा क्षति पुगेको बताइएको छ ।

यस्तै, काभ्रे १० को श्रेष्ठ बंगुर फर्मलाई १० लाख रुपैंया क्षतिपुर्ति दिइएको छ।
काभ्रे १० कै उन्नती हाम्रो बंगुर फर्मलाई पनि १० लाख रुपैंया क्षतिपुर्ति दिएको छ भने एस एस बंगुर तथा माछा कृषि फर्मलाई १० लाख रुपैंया क्षतिपुर्ति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदान गरेको पशु विकास महाशाखा प्रमुख निशान्त शर्माले बताए ।

प्रतिक्रिया
krishi mantralaya