प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ ।
बाढी प्रभावित जिल्ला संखुवासभा, ताप्लेजुङ र पाँचथरको निरीक्षणका लागि गएका प्रचण्डको हेलिकोप्टर मौसम प्रतिकुलतका कारण विराटनगरमा आकस्मिक अवतरण गरिएको हो ।
प्रधानमन्त्री सुरूमा संखुवासभाको तुम्लिङटार पुगेर निरीक्षण गरेका थिए । त्यसपछि पाँचथर र ताप्लेजुङ जाने भनिएकामा हेलिकोप्टर अवतरण गर्न नसकेपछि सिधै विराटनगरमा आकस्मिक अवतरण गरिएको हो ।
मौसमले साथ नदिएपछि प्रधानमन्त्री ताप्लेजुङ र पाँचथर नपुगि काठमाडौं फर्किएका छन् ।
प्रतिक्रिया