बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान

बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ।
उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो।
आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङ प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विनियोजन भएको अनुदानको जानकारी दिएका हुन्।
समानीकरण अनुदान १ अर्ब ६६ करोड, ससर्त अनुदान २ अर्ब ८२ करोड,समपुरक अनुदानमा २ अर्ब ३५ करोड विशेष अनुदान ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको उनले जनकारी गराएका हुन्।
प्रतिक्रिया