८०० रुपैयाँले बढ्यो सुनको मूल्य

पालिका डायरी
२३ जेष्ठ २०८०, १२:०४
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली बजारमा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया