कुमारी बैंकको संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

पालिका डायरी
२२ जेष्ठ २०८०

कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । 

७ लाख ५७ हजार ६९९ कित्ता  लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम १२१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया