‘थाहानगरले स्यानीटरी प्याड किन्यो, वितरण गरेको भरपाइ छैन’–महालेखा प्रतिवेदन

थाहा नगरपालिकाले पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुका छात्राहरुलाई वितरणका लागि खरिद गरेको स्यानीटरी प्याड वितरणको भरपाई नभएको पाइएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कुनकुन विद्यालयलाई कति मात्रामा खरिद गरिएको हो लागत अनुमान स्वीकृत गरिएको नपाइएको उल्लेख छ ।
पालिकाले कुल १६ लाख २२ हजार ४ सय १६ रुपियाँको स्यानीटरी प्याड खरिद गरेको प्रतिवेदनमा उल्लेख छ
| आर्थिक वर्षको अन्ततिर खरिद गरिएको स्यानीटरी प्याडको आर्को आर्थिक वर्ष २०७९ /०८० को माघ १७
गतेसम्म पनि भरपाइ पेश नभएको पाइएको महालेखा परीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख
गरिएको छ ।
प्रतिक्रिया