अत्याधिक गर्मीका कारण हेटौंडा १५ को विद्यालयहरु २ दिन बन्द

पालिका डायरी
२० जेष्ठ २०८०
अत्याधिक गर्मिका कारण हेटौंडा १५ को विद्यालयहरु २ दिन बन्द

हेटौंडा / मकवानपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।

यसैबीचमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका सबै विद्यालय आइतबार र सोमबारकोलागि बन्द गर्ने भएका छन्। विद्यालय व्यवस्थापन समिति तथा ४ नम्बर वडा कार्यालयका जनप्रतिनिधिबीचको बैठकले आइतबार र सोमबार विद्यालय बन्द गर्ने निर्णय भएको १५ नम्बर वडा अध्यक्ष सुनिल मुक्तानले बताए।

अत्याधिक गर्मीका कारण बिद्यार्थी भाइबहिनीहरुमा उत्पन्न हुनसक्ने प्रभावलाई मध्यनजर गर्दै दुइदिन विद्यालय बन्द गर्ने निर्णय भएको अध्यक्ष मुक्तानले जानकारी दिए  अहिले अत्याधिक गर्मीको कारण वडा प्रतिनिधि विद्यालय ब्यबस्थापन समिती प्रतिनिधी बिच आपतकालिन निर्णय गरेर दुई दिन विद्यालय बन्द भएकाे र यस बिदालाई पछि अर्को सार्वजनिक बिदामा मिलाउने पनि निर्णय भएको उनले बताए।

यस्तै यसअघि बकैया गाउँपालिकाले १ हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने मनहरी गाउँपालिकाले बिहानको समयमा विद्यालय सञ्चालन गर्ने र हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडाले पनि तीन दिन बिधालय बन्द गर्ने भएको छ।

प्रतिक्रिया
hetauda 15