अत्याधिक गर्मी बढेपछि हेटौंडा ४ का विद्यालयहरु ३ दिन बन्द

पालिका डायरी
२० जेष्ठ २०८०
अत्याधिक गर्मी बढेपछि हेटौंडा ४ का विद्यालयहरु ३ दिन बन्द

हेटौंडा / मकवानपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।

यसैबीचमा हेटौंडा उपमहानगरपालिका ४ मा रहेका विद्यालय ३ दिनका लागि बन्द गर्ने भएका छन्। विद्यालय व्यवस्थापन समिति तथा ४ नम्बर वडा कार्यालयका जनप्रतिनिधिबीचको बैठकले आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय भएको वडाध्यक्ष नवीन सिग्देलले बताए। ‘अत्याधिक गर्मीका कारण उत्पन्न हुनसक्ने प्रभावलाई ध्यान दिदैं तीनदिन विद्यालय बन्द गर्ने निर्णय भएको हो,’ उनले भने।

आइतबार, सोमबार र मंगलबार विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए। यस्त, यसअघि बकैया गाउँपालिकाले १ हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने मनहरी गाउँपालिकाले बिहानको समयमा विद्यालय सञ्चालन गर्ने भएको छ।

प्रतिक्रिया
hetauda 4