दामन आसपासका पर्यटन बिकासको लागि नगर प्रमुख बिष्टलाई बुझाइयो योजना प्रस्ताव
प्राकृतिक एवं जैविक बिबिधताले सम्पन्न थाहा नगरपालिकाको सुन्दर पर्यटकिय गन्तव्य दामन-सिमभन्ज्याङ् तथा नजिकका अन्य गाउँ-टोलहरुको समेत पर्यटन प्रवर्द्धन र बिकास-निर्माणमा पहल गर्ने उद्धेश्यले आज थाहा नगर प्रमुख बिष्णु बिष्टलाई एक कार्यक्रम मार्फत एभरेष्ट युवा बिकास क्लबको अध्यक्ष शिव कुमार केसीले योजना प्रस्तावहरु हस्तान्तरण छन् ।
कार्य योजना सहितको प्रस्तावहरु नगर प्रमुखलाई बुझाउदै आगामी आर्थिक बर्ष २०८०/०८१ को बिकास बजेट योजनामा दामनमा ५०० जना अटाउने सभा हल,पर्यटकिय आकर्षण स्थल सेल्फि डाँडाको स्तरोन्नति र दामन भ्यु टावरको मर्मत,सम्भारको निम्ति प्रस्तावहरु पेस गरियको हो।
साथै दामन शितोश्ण बागवानी फार्म तथा नर्सरी केन्द्रबाट संचालन हुने गरेका विभिन्न कार्यक्रमहरुमा वडा नं.४ र ५ को कृषि क्षेत्रहरू क्रमशः नारायणझ्याउ,ठुलोमाखु,खोलाघारी,फापरबारी,जुरेथुम,जक्करघारी,नलिबन र खर्कका आम किसानहरुलाई समेत नगरपालिका कार्यालयको कृषि शाखा मातहतमा त्यहाँ संचालन हुने गरेका सबै खाले कृषि कार्यक्रमहरुमा सहभागी गराउनको लागि पनि पहल गर्न भनियको छ।
आज नै सिद्धकाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष अच्युत केसी लाई दामन भ्यु टावर परिसरमा जिर्ण तथा जोखिमपुर्ण अवस्थामा रहेका रुखहरु काट्न र दृश्यावलोकनमा बाधक बनेका रुखका हाँगाबिँगाहरु काटछाँट गर्नमा समन्वय गरिदिनहुन अनुरोध गर्दै निवेदन पेस गरिएको क्लवका अध्यक्ष केसीले जानकारी दिए।


