बिश्ववातावरण दिवसको अवसरमा हेटौंडा ११ मा रक्तदान

हेटौंडा / हेटौंडा ११ स्थित नवलपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।
५१ औं बिश्ववातावरण दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । टोल बिकास संस्था ११ नम्बर वडा समन्वय समिति हेटौंडाको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
हेटौंडा ११ वडा समन्वय समितिको अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौंडा ११ का वडा सदस्यहरु बिकास नेपाल , सञ्जय बिंडारी , गोपिनी सापकोटा , गीता सुनार , टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव अधिकारी , सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ अध्यक्ष देवकुमार श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया