बागमतीको मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम स्वीकृत

पालिका डायरी
१४ जेष्ठ २०८०
बागमतीको मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम स्वीकृत

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

आइतबार बिहान ८ बजे बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । आजै दिउँसो २ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकले प्रदेशमा ५ वटा प्रहरी इकाई भवन निमार्णका लागि पहिलो किस्ता स्वरुप ६ करोड १५ लाख ५६ हजार रुपैयाँ पठाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् । प्रदेश सरकारले १० वटा स्थानीय तहको विपद् कोषमा जम्मा हुनेगरी एक करोड रुपैयाँ पठाउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जनाए ।

यस्तै मन्त्रिपरिषद् बैठकले गत वर्ष प्राकृतिक विपद्‌मा परेकाहरुलाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट थप सर्सत अनुदानका रुपमा एक करोड ९० लाख रुपैयाँ पठाउने निर्णय गरेको छ ।

विज्ञान प्रविधि नवप्रर्वद्धन तथा विकास कोष सञ्चालन सम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृतिका लागि सहमति दिने निर्णय पनि गरेको छ ।

यसैगरी सिन्धुली अस्पतालमा प्रसूति महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड हुदाँ भएको क्षतिको पुनर्निर्माण गर्न १० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया