मनहरी गाउँपालिकाका जनप्रतिनिधिले एक बर्षमा गरेका कार्यप्रगती सार्वजनिक (भिडियो सहित )

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले एक बर्षमा गरेका कार्यप्रगतीहरु प्रस्तुत गरेका छन् ।
सोमबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचित भएको पहिलो कार्यकालमा गरेका कार्यप्रगतीको विवरण सार्वजनिक गरेका हुन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी र अध्यक्ष कालाखेतीले कार्य प्रगती विवरण प्रस्तुत गरेका हुन् । ने
पालको संविधानको अनुसूची ८ तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई निश्चित एकल अधिकार सुम्पे बमोजिम ति अधिकार क्षेत्र भित्र रहेर जनप्रतिनिधिहरुले गरेका सेवा प्रवाह लगाएत विकास प्रवाहको विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको अध्यक्ष कालाखेतीले जानकारी दिए।
भिडियो
https://www.facebook.com/watch/?v=6153301431449081
प्रतिक्रिया