यही जेष्ठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद गरिदै

पालिका डायरी
२ जेष्ठ २०८०
यही जेष्ठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद गरिदै

हेटौंडा /  प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा दोस्रो प्रदेश खेलकुद–२०८० गरिदै छ । प्रदेश सरकारको नौ करोड ४२ लाख रुपैयाँ खर्च गरेर यो कार्यक्रम गर्न लागिएको हो । यही जेष्ठ ७ गतेबाट खेलकुदको उद्घाटन् गर्दै कार्यक्रम गर्न लागिएको हो ।

हेटौंडाको क्याम्पाडाँडा पिप्लेरंगशालामा प्रतियोगिता गरिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिब सूर्यलाल भण्डारीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्नुहुने छ ।

बिभीन्न १३ प्रकारका खेलहरु फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याडमिन्टन, पौडी र आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्न लागिएको हो । खेलकुदका अधिकांश कार्यक्रम हेटौंडामा गरिने र अरु बाँकी भने चितवन र काठमाण्डौंमा गरिने भएको छ ।

आजको पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले बिभीन्न खेलकुद प्रतियोगितासंगै प्रदेश सरकारले पूर्वाधार निर्माण पनि गरिरहेको बताउनुभयो ।

दोस्रो प्रदेश खेलकुद–२०८० सम्वन्धी बिस्तृत विवरण यस प्रकार रहेको छ ।

प्रतिक्रिया