९ महिनामा १ अर्ब २३ करोडको बदाम आयात

पालिका डायरी
३० बैशाख २०८०

चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा १ अर्ब २३ करोड रुपैयाँभन्दा धेरैको बदाम भित्रिएको छ ।

चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको बदाम आयात भएको हो । नेपालमा तीन समूहमा विभाजित बनेर बदामको आयात हुने गरेको भन्सार विभागले जनाएको छ । बदाम, बदामको बियाँ र टुक्रा बदाम गरी तीन समूहमा विभाजित बदाम भित्रिने गरेको विभागले जनाएको छ ।

र, नेपालमा बदाम आयात गर्दा आयातकर्ताले साढे ११ करोड रुपैयाँ बराबर राजश्व बुझाएका छन् । नेपालमा विशेषगरी भारत र मोजाम्बिकेबाट बदाम आयात हुने गरेका छन् । भारतबाट १ अर्ब २२ करोड रुपैयाँ बराबरको बदाम आयात भएको छ । यस्तै, मोजाम्बिकेबाट ४६ लाख ६२ हजार रुपैयाँको बदाम आयात हुँदा चीनबाट जम्मा २९ हजार रुपैयाँको बदाम आयात भएको तथ्यांक विभागमा रहेको छ । मोजाम्बिके अफ्रिकी मुलुक हो ।

प्रतिक्रिया