रविलाई प्रचण्डको आग्रह– समर्थन फिर्ता नलिनुस्, सहकार्य गरौं

पालिका डायरी
१७ बैशाख २०८०
रविलाई प्रचण्डको आग्रह– समर्थन फिर्ता नलिनुस्, सहकार्य गरौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन् ।

प्रचण्डले फेरि सरकारमा सहभागी भएर सहकार्य गर्न पनि आग्रह गरे । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटमा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय नगर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले बधाई दिनुभयो । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने हल्लाबारे जिज्ञासा राख्नुभयो,’ प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले लोकान्तरसँग भने, ‘राजनीतिक स्थिरताका लागि सहकार्य गरौं भन्नुभयो ।’

चैत ६ गते रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा विजयी भएपछि रविले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने औचित्य नरहेको टिप्पणी गरेका थिए ।

कुनै कालखण्डको भ्रष्टाचार छानबिन गर्ने बुँदा न्यूनतम् साझा कार्यक्रमबाट हटाएको भन्दै रविले सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनी दिएका थिए ।

प्रचण्डले रविसँगको सत्ता सहयात्रा स्मरणीय रहेको र भविष्यमा पुनः सरकारमा सहकार्यको प्रस्ताव राखेको स्रोतले बतायो ।रवि पुस ११ गतेदेखि प्रचण्ड सरकारमा गृहमन्त्री थिए ।

प्रतिक्रिया