चितवन-२ : रविले २३ सय ३२ मत ल्याउँदा रामप्रसादलाई १४ सय २६ मत

पालिका डायरी
११ बैशाख २०८०, १७:२२

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

हालसम्मको ४ हजार ९६९ मतगणना हुँदा लामिछानेले २ हजार ३३२ मतका साथ अग्रता लिएका छन्।

उनलाई नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार ४२६ मतका साथ पछ्याइरहेका छन्।

तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले १ हजार ३१ मत ल्याएका छन्।

चितवनमा ७८ हजार २७७ मत खसेको छ।

प्रतिक्रिया