हेटौंडा १६ चिसापानीमा डिप बोरिङको उद्घाटन, स्थानीय दंग

हेटौंडा / हेटौंडा १६ चिसापानीमा डिप बोरिङको उद्घाटन भएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उक्त बोरिङको उद्घाटन गरेका हुन् ।
खातीटोल जल उपभोक्ता समितिले योजना सम्पन्न गरेको बोरिङको उपमेयर बानियाँले उद्घाटन गरेका हुन्। उक्त डिप बोरिङको पानीले खातीटोलका स्थानीयले आफ्ना खेतबारीमा सिंचाई गरेर हरियाली बनाउन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपमेयर बानियाँले आग्रह गरे।
८० लाख रुपैंया लागतमा सिंचाईका लागि बोरिङ खनिएको वडाध्यक्ष रामकृष्ण कोइरालाले बताए । उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बर्षौ देखि सिंचाईको समस्याले बाँझो रहेको जमिनमा अब तरकारी फलफूल फलाएर आत्मानिर्भर बन्न वडाध्यक्ष कोइरालाले सुझाव दिए ।
उक्त डिप बोरिङले खाती टोल लगाएत आसपासमा रहेका ६० बिगाहा जमिनमा सिंचाईको सुविधा पुग्ने भन्दै स्थानीयहरुले खुसी लागेको बताए । अब आफ्नै बाँझो बारी खनेर तरकारी लगाएर खाने स्थानीयहरुले प्रतिबद्धता जनाए ।
आयोजनाका अध्यक्ष सानुकान्छा रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र हेटौंडा ६ का वडाध्यक्ष विष्णुबहादुर दाहालको बिशेष आतिथ्यता रहेको थियो । यस्तै, वडा सदस्यहरु गुरुप्रसाद ढकाल, राजनप्रसाद दाहाल विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।