ईन्द्रसरोवरकाे मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना

पालिका डायरी
२९ चैत्र २०७९, १३:५२
मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना

हेटौंडा / मकवानपुरको ईन्द्रसरोवर-१ मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मंगलबार उद्घाटन गरिएको छ।

स्थापना गरिएको चौकीको ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष देव कृष्ण पुडासैनी र मकवानपुरका  प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन। उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पुडासैनीले पर्यटकिय हबको रुपमा रहेका मार्खुमा अस्थायी प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षा कायम गर्न मदत पुग्ने बताए।

उद्घाटन समारोहमा मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अनिल कार्की, नेपाली सेना सुपरीटार व्यारेकका प्रमुख सेनानी गोबिन्द राज घिमिरे,जनप्रतिनिधि स्थानीयहरुको  उपस्थिति रहेको थियो।

प्रतिक्रिया