प्रधानमन्त्री प्रचण्डलाई गगन थापाकाे सुझाव– ‘तत्काल काठमाण्डाै महानगरसँग संवाद गरियाेस्’

पालिका डायरी
२७ चैत्र २०७९
लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको अनुभूति भइरहेको छः महामन्त्री थापा file photo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाण्डौ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको आज सोमवारको बैठकको आकस्मिक बैठकमा महामन्त्री थापाले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयो । ‘सिंहदरबारलगायतका ठाउँबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस्, जायज माग पूरा गरियोस्’, उहाँले भन्नुभयो । उहाँले काठमाण्डौका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउनसमेत आग्रह गर्नुभयो ।

काठमाण्डौ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । ‘काठमाण्डौ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसदमा ल्याइयोस् । हामी काम गर्न तयार छौँ’, उहाँले भन्नुभयो ।

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठिक कि बेठिक यो विषयमा बहस गरौँला ।’

प्रतिक्रिया
gagan-thapa-1024×683-1