दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ बाहिरिएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

पालिका डायरी
२६ चैत्र २०७९, १४:४०
दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ बाहिरिएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।

अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे। सांसद श्रेष्ठले प्रसाईंसँग साढे २ करोड पैसा मागेको अडिओ आइतबार बिहान सार्वजनिक भएको थियो।

‘अडिओ बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ’, बुर्लाकोटीले नेपालखबरसँग भने, ‘उहाँको निलम्बन भइसक्यो।’ उनी समानुपातिक सांसद हुन्। पार्टीले निलम्बन गरेपपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ। तर रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए।

अडिओमा श्रेष्ठले प्रसाईंसँग गत पुस १० को आसपास रकम मागेको सुनिन्छ। त्यसबेला एमाले–मााओवादीसहित ७ दलको तर्फबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए भने रास्वपाका सभापति रवि लामिछाने उप–प्रधान तथा गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिशिर खनाल शिक्षामन्त्री बनेका थिए।

यस्तै, डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्। श्रेष्ठले पार्टीकै लागि रकम आवश्यक रहेको पनि प्रसाई‌ंलाई भनेका छन्।

प्रतिक्रिया