चितवन – २ मा जगन्नाथ पौडेलको साथ रवि लामिछानेलाई

पालिका डायरी
२० चैत्र २०७९

स्थानीय निर्वाचनका बेला नेपाली काँग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नथ पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका छन् ।

काँग्रेसको पुराना नेतासमेत रहेका उनले चितवन क्षेत्र नम्बर – २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै पौडेलले छोटो समयमा देशले रुपान्तरण खोजेको बताउँदै उनले रास्वपालाई सघाउने बताए ।

देशमा रुपान्तरणका लागि उपयुक्त टिम र ऊर्जावान व्यक्तिहरुको आवश्यकता भएकाले उक्त समूह रास्वपामा भएको उनले दाबी गरे ।

रास्वपालाई सहयोग गरे देशले निकास पाउने आशा आफूमा रहेको पौडेलले बताए ।

यही बैशाख १० मा हुने उपनिर्वाचनमा आज विभिन्न दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिँदैछन् ।

नेपाली काँग्रेसको तर्फबाट उक्त क्षेत्रमा पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै रास्वापाले सभापति रविलामिछानेलाई नै उम्मेदवार बनाएको छ ।

त्यस्तै नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई टिकट दिएको छ ।

प्रतिक्रिया