‘प्रेस’ लेखेकाे गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद, हेटौंडा को १ जना पक्राउ

पालिका डायरी
१८ चैत्र २०७९

गाडीमा ‘प्रेस’ लेखि लागुऔषध ओसारपसार गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगंज महानगरपालिका वडा नं. १६ रजनजयन्ती चोक स्थितबाट चोकबाट प्रहरीले ‘टी मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटम’ को प्रेस लेखिएको गाडीबाट पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका– ४ निवासी गोपाल स्याङ्गतान रहेका छन् । निजले बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कार लिई भारतीय सिमावर्ती सहर रक्सौलबाट वीरगंजतर्फ आइरहेको अवस्थामा चेकजाँचको क्रममा लागुऔषध सहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । उनका अनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगद सहित उनलाई नियन्त्रणमा लिइएको बताए ।

सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद बरामद भएको प्रनाउ बुढाथोकीको भनाई छ । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि बरामद भएको छ ।

लागूऔषध र नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले जानकारी दिए । ‘निगरानी अनलाइन डटकम’ हेटौंडा मूख्य कार्यकाल भई ‘टी मिडिया नेटवर्क प्रा.लि.’ द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकर छन् ।

यस घटनाबारे थोकरसँग बुझ्दा लागुऔषध सहित पक्राउ परेका स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए ।

स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको भन्दै अध्यक्ष थोकरले आफ्नो मिडियासँग चारचक्के कुनै पनि गाडी नरहेको स्पष्ट पारे । गोपाल स्याङ्गतान निगरानी अनलाइनमा कार्यरत नरहेको भन्दै अध्यक्ष थोकरले निगरानी अनलाइनमा आबद्ध कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्रै रहेको जानकारी दिए ।

प्रतिक्रिया
WhatsApp-Image-2023-04-01-at-2.50.40-PM-1