आफ्नै बुवाको हत्या गरेको आरोपमा युवक पक्राउ

पालिका डायरी
१२ चैत्र २०७९, १६:३२
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

कपिलवस्तुमा आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले बुद्धभूमि नगरपालिका–१, बाबाकुटीका २३ वर्षीय जीवन केसीलाई नियन्त्रणमा लिएको हो ।

जीवनले दाउराको चिर्पटले प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया