इँटाभट्टाको पर्खाल भत्किँदा सिरहामा एक महिलाको ज्यान गयाे

पालिका डायरी
१० चैत्र २०७९
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको ज्यान गएकाे छ । अन्य दुईजना घाइते भएका छन् ।

गोलबजार नगरपालिका–८ मा रहेकाे सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी  महिमा वीवीको आज बिहान ज्यान गएकाे हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएकी उहाँको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इँटाभट्टामा काम गर्ने मजदुरलाई सामान्य सुरक्षाको समेत व्यवस्था नमिलाउँदा पटकपटक दुर्घटनामा परि अङ्गभङ्ग हुने र ज्यानै समेत जाने गरेको छ ।

प्रतिक्रिया
mrityu palikadiary