बागमती : सामूहिक राजीनामा दिन प्रदेशसभा बैठक कुर्दै एमालेका ४ मन्त्री

पालिका डायरी
८ चैत्र २०७९, १४:१९
बागमती : सामूहिक राजीनामा दिन प्रदेशसभा बैठक कुर्दै एमालेका ४ मन्त्री

बागमती प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका एमालेका मन्त्रीहरु प्रदेशसभा बैठक कुरिरहेका छन्। प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने योजनामा रहेको एमालेका सांसदहरु बैठक कुरिरहेका हुन्।

प्रदेशमा रहेका ४ जना मन्त्रीले नै सामूहिक राजीनामा पत्र तयारी अवस्थामा राखिसकिएको एमालेनिकट स्रोतले बताएको छ। कांग्रेसका सांसदहरुले एमालेले सरकार नछाडेको विषयमा प्रश्न उठाइरहेको अवस्थामा आजै सरकारबाट बाहिरिने तयारी एमालेका मन्त्रीहरुले गरेका हुन्।

बागतीमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, कृषी तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल र श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले एकैचाेटि राजीनामा दिन लागेका हुन्। अर्थमन्त्री जगन्नाथ थपलिया पुस २६ गते नियुक्त भएका थिए भने बाँकी तीन मन्त्री माघ ११ गते नियुक्त भएका थिए।

प्रतिक्रिया