हेटौंडा–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर गोलेको मृत्यु

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सामुदायिक बनमा घास काट्न गएकोमा रुखबाट लडि स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिलेको समयमा भइमा काट्ने घाँस भन्दा पनि रुखघाँस धेरै पाइने भएकाले रुखमा चढेर घाँस काट्ने गाउँमा प्रचलन छ । पानीपरेपछी भइघाँस पलाएपछी भने रुखमा हुने खाँस कमै काटिन्छ ।
प्रतिक्रिया