करेन्ट लागेर हेटौंडाका लामिछानेको मृत्यु

पालिका डायरी
१ चैत्र २०७९, १९:३९

हेटौंडा / करेन्ट लागेर हेटौंडाका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने अन्दाजी ४३ वर्षीय दीपक लामिछाने रहेका छन् ।

बागमति प्रदेश प्रहरीका अनुसार चितवन खैरहनी नगरपालिका–१२, सिसनियास्थित आफ्नै दिदीको घरमा पुगेका लामिछाने पानी तान्ने मोटरको तारमा अचानक छुन पुग्दा करेन्ट लागी घाइते भएका थिए ।

लामिछानेको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया