बागमती प्रदेशमा तीन मन्त्रालय दुइ साता देखि मन्त्री बिहीन, थप मन्त्री नियुक्त कहिले ?

पालिका डायरी
२७ फाल्गुन २०७९, १२:१५
बागमतीमा राप्रपाबाट छानिएका तीन मन्त्री

हेटौंडा / बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पाटीले छोडेका तीन वटा मन्त्रालय दुइ साता देखि खाली रहेका छन् । मन्त्री नभएपछी मुख्य मन्त्री शालिकराम जम्मकट्टेलले ती मन्त्रालय सम्हाल्दै आउनु भएको छ । तर, खाली रहेका मन्त्रालयमा कुन दलबाट कहिले मन्त्री नियुक्त गर्ने भन्ने अन्यौलता भने अझै कायम रहेको छ ।

खाली मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र नेकपा एमालेका मन्त्रीहरुले प्रदेश सरकार छोडेपछी मुख्यमन्त्रीले मन्त्री नियुक्तको तयारी गर्नु भएको छ । राप्रपाका ३ जना मन्त्रीले बागमती प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएको दुइ साता वितेको छ । फागुन १३ गतेनै राप्रपाका मन्त्रीहरुले राजिनामा दिएका थिए ।

मुख्यमन्त्री जम्मकट्टेलले अब एमालेका मन्त्रीहरुले समेत सरकार छोडेपछी एकैपटक मन्त्रीहरु नियुक्त गर्ने वताउनुभयो । कांग्रेस र एकिकित समाजवादीलाई कुन्–कुन् मन्त्रालय दिने भनेर तयारी पनि गर्ने र त्यही अनुसार एकै पटक मन्त्रीहरु नियुक्त गर्ने उहाँले वताउनुभयो । अब उपराष्ट्रपतिको चुनावपछी सबै मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरिने उहाँले वताउनुभयो ।

त्यतीबेला राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामापत्र बुझाएको दुइ साता वितीसक्दा पनि नयाँ मन्त्रीहरु नियुक्त नहुँदा सचिबहरु पनि कसरी काम अगाडी बढाउने भन्ने अन्यौलमा रहेका छन् ।

केन्द्रमा नयाँ गठवन्धन सरकार बने पनि बागमती प्रदेशमा भने पुरानै गठवन्धनको सरकारले काम गरिरहेको छ । एमालेका चार जना मन्त्रीहरु रहँदा सम्म मुख्यमन्त्रीले थप मन्त्रीहरु नियुक्त नगर्ने संकेत गर्नु भएको छ । एमाले र राप्रपाका मन्त्रीहरुले सम्हालेको मन्त्रालयहरु नेपाली कांग्रेस र एकिकृत समाजवादीले प्राप्त गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया