राष्ट्रपति निर्वाचनको मतदान सकियो, अपरान्ह ४ बजेदेखि गनेर परिणाम आजै

पालिका डायरी
२५ फाल्गुन २०७९
राष्ट्रपति निर्वाचन: ४२१ मत खस्यो, मतदान जारी

राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदानका लागि निर्वाचन आयोगले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय दिएको थियो।

मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन्। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ ३३३ मध्ये ३१४ मत खसेको छ। आयोगका अनुसार १९ मत खसेन।

प्रदेश सभा सदस्यतर्फ ५ सय १८ मत खसेको छ।  आयोगले बिहीबारै अपरान्ह ४ बजेदेखि गनेर आजै परिणाम सार्वजनिक गर्ने भएको छ। मतगणनाका लागि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि तोकेका छन्।

संघीय सांसदहरु चन्द्र भण्डारी र वर्षमान पुन बिरामी भएकोले उपचारका लागि मुलुकबाहिर छन्। एमालेका लक्ष्मी कोइरी महतो मतदाता नामावलीमा नाम भए पनि मतदानमा उपस्थित भएनन्। सांसद सहनाज रहमानको केही साताअघि मृत्यु भएको थियो।

राप्रपाले चुनावमा मत नदिने निर्णय गरेको थियो। उसका प्रतिनिधिसभाका १४ र प्रदेशसभाका २८ सांसदले मत दिएनन्। नेमकिपाका प्रतिनिधिसभाका १ र प्रदेशसभाका ३ सांसदले मत दिएनन्।

प्रतिक्रिया