बागमती प्रदेशका १० जना सांसदले सम्पति विवरण बुझाएनन्

पालिका डायरी
२१ फाल्गुन २०७९
बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा / बागमती प्रदेशका १० जना सांसदले सम्पति विवरण बुझाएका छैनन् । तोकिएको अवधिमा सम्पति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था भएपनि अहिले सम्म पनि दश जना सांसदहरुले सम्पति विवरण नबुझाएका हुन् । प्रदेशसभाका एक सय जना सांसदहरुले सम्पति विवरण तोकिएको समयमा बुझाए पनि अरु दश जना सांसदहरुले सम्पति विवरण नबुझाएका हुन् ।

बागमती प्रदेशसभाका सदस्यहरुले २०७९ साल पुस १४ गते प्रदेशसभामा सपथग्रहण गरेका थिए । सपथ लिएको दुइ महिना भित्रमा सम्पति विवरण प्रदेशसभामा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यो दुइ महिना फागुन १४ गते पुगिसकेको छ । तर, अझै पनि १० जना सांसदहरुले सम्पति विवरण नबुझाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रदेशसभा सचिवालयले सबै सांसदहरुलाई सम्पति विवरण बुझाउनका लागि सूचना पनि गरेको थियो । बारम्बार ताकेता पनि गरेको थियो । तर, दश जना सांसदहरुले सम्पति विवरण नबुझाएका हुन् ।

प्रतिक्रिया
bagamati