युवराजको गोलले एपिएफलाई क्वाटरफाइनलमा जानी बाटो खुलायो
हेटौंडा / विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको हेटौंडामा जारी पाँचौ संस्करणको ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा नेपाल एपिएफ क्लब काठमाडौले सातदोबाटो क्लब ललितपुरलाई १-० गोल अन्तर पराजित गरेको छ ।
खेलको पाँचौ मिनेट एपिएफ क्लबका युवराज खड्काले गरेको गोलनै एपिएफ क्लवलाइ क्वाटरफाइनलमा पुर्याउने अस्त्र बनेको छ
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा एपिएफले सातदोबाटो क्बललाई १–० गोलले पराजित गरेको हो ।
एपिएफको जितमा युवराज खड्काले निर्णायक गोल गरेका हुन । फवार्ड प्रदिप लामा दिएको पासलाई खड्काले हेडमार्फत गोल गर्न सफल भएका थिय । खड्काले दायाँ कर्नरतर्फबाट आएको क्रसलाई हेडमार्फत गोल गरेका हुन ।
खेलको सुरुवाती चरणमै गोल खाएर पछि परेको सातदोबाटोले गोल गर्ने राम्रो अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । त्यस्तै एपिएफले पनि गोल गर्ने अरु मौकात नपाएको हैन तर दोस्रो गोल भने गर्न सकेन
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छ
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।