विद्यार्थी नेता आशिष अस्लामीले गरे उम्मेदवारीको घोषणा : अखिल महाधिवेशनमा ५ खम्बे नीति सार्वजनिक

पालिका डायरी
२८ माघ २०७९
विद्यार्थी नेता आशिष अस्लामीले गरे उम्मेदवारीको घोषणाः अखिल महाधिवेशनमा ५ खम्बे नीति सार्वजनिक

मकवानपुरलाई आफ्नो अभियान र आन्दोलनको भुमी बनाएर विद्यार्थिको अधिकारका लागि लागि परेका अनेरास्ववियुका केन्द्रिय सदस्य आशिष अस्लामीले २३ औं महाधिवेशनको सम्मुखमा उम्मेदवारी सार्वजनिक गरेकाछन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियुका मकवानपुर जिल्ला सह–ईन्चार्जको जिम्मेवारीमा रहेका अस्लामीले यहि फागुन २, ३ र ४ मा काठमाण्डौमा हुँदै गरेको २३ औं महाधिवेशका लागि आफनो उम्मेदवारी पद नतोकि सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको ५ खम्बे नीतिका अनुसार आफुले केन्द्रिय कमिटीमा कुनै जिम्मेवारी प्राप्त गरेको खण्डमा पहिलो नम्बरमा प्रविधिमैत्री संगठन बनाई नयाँ पुस्ताका विचमा लोकप्रिय संगठन बनाउन आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछन् । दोश्रो नीतिमा व्यवहारीक शिक्षा का र उत्पादनमुखी सीपको लागि काम गर्नेए तथा तेश्रो बुँदाको नीतिमा पढ्दै, कमाउदै र रमाउदै अभियान कार्यक्रमको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । चौथोमा सार्वजनिक शिक्षाको गुणस्तर वृद्धीमा अखिलले काम गर्ने तथा पाँचौमा प्राविधिक शिक्षा तर्फ विद्यार्थिलाई जोड दिई रोजागरीमा जोडिन तथा स्वरोजगार बन्नमा अखिलको तर्फबाट संस्थागत भुमिका खेल्ने उल्लेख गरिएकोछ ।

संधै न्यायको पक्षमा बोल्ने विद्यार्थी नेता अस्लामी सामाजिक काममा सक्रिय छन् । उनि विभिन्न समयमा सरसफाई अभियान सञ्चालन गर्ने, साना बालबालिकाहरुको लागि स्कुल ड्रेस, स्टेशनरी वितरण गर्ने, न्यानो कपडा वितरण गर्ने, हिँसामा परेका बालिकाको पक्षमा बोल्ने, उच्च शिक्षाको अभिलाशा बोकेर सदरमुकामका क्याम्पुस आउने विद्यार्थीहरुका लागि काठा खोजेर व्यवस्थापन गर्दिने, छात्रवृत्तिको श्रोत व्यवस्थापन गर्रिने, खेल तथा साहित्यमा रुचि राख्ने विद्यार्थीहरुका लागि कार्यक्रमहरु आयोजना गर्ने तथा न्यायका गित गाउने जस्ता सिर्जनात्मक काम गर्नमा रुचि राख्छन् ।

उनी देशमा भएका समसामयिक विषयमा आफ्नो तर्क राख्ने, मुख्य विषयहरुमा समर्थन र विरोमा प्रदर्शन गर्ने काममा समेत सक्रिय छन् । अस्लामी वि.सं. २०६५ सालमा मकवानपुरको भिमफेदीमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयमा प्रारम्भीक कमिटीबाट अध्यक्षको जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको औपचारिक आन्दोलनमा लागेका थिए । ०६७ मा मकवानपुर बहुमुखी क्याम्पसको उ.मा.वि. कमिटीको अध्यक्ष, ०७० मा शिक्षा संकायमा स्नातक सुरुगरेका उनि वेलुकी तर्फको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । धेरै पटक असफल भएका विद्यार्थी नेता अस्लामी ०७१ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य भएका थिए र उनि ०७३ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियनमा प्रत्यक्ष सदस्यमा भारी मतले विजय भएका थिए । निरन्तरको संघर्षबाट ०७५ मा अखिल मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी बहन गरि कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेका अस्लामी ०७७ मा केन्द्रय कमिटी सदस्य मनोनित भएका थिए र पुनः ०७८ मा केन्द्रिय कमिटी सदस्य बनेका थिए । उनले त्यस लगतै अनेरास्ववियुको मकवानपुर जिल्ला कमिटीको सह–ईन्चार्जको भुमिका निर्वाह प्राप्त गरेृका थिए ।

प्रतिक्रिया