हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाखका दरले सहयोग गर्ने बामगती सरकारको निर्णय

पालिका डायरी
१६ फाल्गुन २०७९

हेटौंडा / हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँका दरले सहयोग गर्ने बागमती प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको छ ।

मङ्गलबार बसेको मन्त्री परिषदको बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ बर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० बर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १-१ लाख दिने निर्णय गरेको प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

अधिकारीको ८ गते, माझिको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो । यसैगरी आज नै बसेको मन्त्री परिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोख्रेलले दिएको राजिनामा पनि स्वीकृत गरेको प्रवक्ता मन्त्री थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया