हात्तीको आक्रमणबाट बकैयामा माझीको मृत्यु

पालिका डायरी
१२ फाल्गुन २०७९

हेटौँडा / जंगली हात्तिको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एकजना पुरुषको ज्यान गएको छ । बकैया गाउँपालिका वडा नंबर ५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तिको आक्रमणमा परि ज्यान गएको हो । बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठ गएको समयमा केहि समय अघि जंगली हात्तीले उनलाई आक्रण गरि बेहोस बनाईदिएको थियो । बेहोस अवस्थामा रहेका माझीलाई उपचारको लागी हेटौँडा ल्याईएकोमा हेटौँडा अस्पतालमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएको चार दिनबाट मकवानपुरमा जंगली हात्तिले वितण्ड मच्याईरहेको छ । तीन दिनको अवधिमा हात्तिको आक्रमणमा परि मकवानपुरमा एक महिला र पुरुष गरि दुई जनाले ज्यान गुमाएका छन भने एकजना घाईते भएका छन् ।

प्रतिक्रिया
hatti-aakram-death-1024×768