बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पालिका डायरी
८ फाल्गुन २०७९, १३:०४
आईपीओ बिक्री खुला

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको छ ।

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणहरूका लागि भने फागुन १८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्नेछ ।

प्रतिक्रिया