सहयोगी मनद्वारा मन्दिरमा प्रसादको लागि खाद्यन्न सहयोग

पालिका डायरी
६ फाल्गुन २०७९, १५:४९
सहयोगी मनद्वारा मन्दिरमा प्रसादको लागि खाद्यन्न सहयोग

हेटौँडा / महाशिवरात्रीको अवसरमा सामजिक सेवा गर्दै आईरहेको सहयोगी मन नेपालले आज हेटौँडाका शिवालयहरुमा प्रसादको लागि आवश्यक खाद्यन्न वितरण गरेको छ ।

शिवबुटी भन्दै गाँजा, भाङ लगाएतका पदार्थ खानु राम्रो नभएको भन्दै सहयोगी मनले केहि वर्ष अघिबाट मन्दिरहरुमा प्रसादको लागी आवश्यक खाद्यन्न वितरण गर्दै आईरहेको सहयोेगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाईले बताए ।

सहयोगी मनले जिल्लामा विभिन्न सामजिक सेवाका क्रियाकलापहरु गर्दै आईरहेको छ । देशमा प्रतिकुल अवस्थामा पनि सहयोगी मनले गरिब, दुखीहरुको सेवामा काम गर्दै आईरहेको हाो ।

प्रतिक्रिया