बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः प्रदेश नीति योजना आयोगको सदस्यमा दुइ जना नियुक्त

पालिका डायरी
५ फाल्गुन २०७९, १२:४९
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः प्रदेश नीति योजना आयोगको सदस्यमा दुइ जना नियुक्त

हेटौंडा / बागमती प्रदेशको आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दुइजनालाई नियुक्त गरेको छ ।

बैठकले आयोगको सदस्यहरुमा डाक्टर दिपेन्द्र श्रेष्ठ र डाक्टर जयन्त खनाललाई नियुक्त गरेको आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले वताउनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । अब कार्यान्वयनमा जाने समेत उहाँले वताउनुभयो । यसैगरी कर्मचारी सम्वन्धी कानूनका विषयमा संसदमा छलफलका लागि लैजाने निर्णय भएको मन्त्री थपलियाले वताउनुभयो ।

प्रतिक्रिया