शैक्षिकस्तर सुधारमा प्राथमिकता : अध्यक्ष सिग्देल

पालिका डायरी
६ माघ २०७९

हेटौंडा / वडाले शैक्षिकस्तर सुधारमा प्राथमिकता दिईएकाे र गुणस्तरीयताकाे लागि कार्यक्रम केन्द्रीत गरेकाे हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ ।

वडा कार्यालयद्वारा अायाेजना गरिएकाे र वडा शैक्षिक गुणस्तर सुधार समितिद्वारा व्यवस्थापन गरिएकाे एकदिने अाधाभूत गणित शिक्षा सहजीकरण कार्यशालाकाे उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले विधार्थीमा गुणस्तरीय शिक्षा प्रवाह गर्नकाे लागि शिक्षक अाफै नयाँ नयाँ विषयबस्तु अपडेट हुनपर्ने र सृजनात्मक अध्यापनमा जाेड दिनुपर्ने बताउनुभयाे । भुटनदेवी माविमा भएकाे कार्यशालामा वडाका ६ वटा माविका १८ जना सहभागी भएका थिए भने कार्यशालाकाे सहजीकरण विषय शिक्षक दीपक अधिकारीले गर्नुभएकाे थियाे ।

कार्यक्रममा नवदाेय माविका प्राचार्य दुर्गा भट्टराई, ब्रम्हदीप एकेडेमीका कुमार बाँनिया, भुटनदेवी मावि व्यवस्थापन समिति सदस्य कमला दाहालकाे उपस्थितिमा भएकाे कार्यशालाकाे उद्घाटन कार्यक्रमकाे सभाध्यक्ष भुटनदेवी माविका प्रअ माधव दाहालले गर्नुभएकाे थियाे ।

त्यस्तै, श्रमिक माविमा छात्रवृद्वि वितरण तथा त्रैमासिक परि कार्यक्रम भएकाे छ । वडा अध्यक्ष नवीन सिग्देलकाे प्रमुख अाथित्यता तथा विध्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष रिता दाहालकाे सभाध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा निर्वाचित वडा सदस्य गीता त्रिपाठी, विध्यालयका सह-प्रधानाध्यापक गाेपिरमण प्याकुरेललगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया
received_892755781852684