प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी छ : कमल थापा

पालिका डायरी
३ माघ २०७९, २०:२२

हेटौंडा  / राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा रोकिने नभई अबिछिन्न रहने बताए ।

आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र बिलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे । ‘स्वाभिमानी पुर्बक पार्टी उठाउँछौं, उठ्छौं, थापाले भने ।’

आम निर्वाचन पछि पहिलो पटक गृहजिल्ला फर्किएर कार्यक्रममा सहभागी बनेका थापाले निर्वाचनमा ठुलो अपेक्षा नभएपनि सोचे अनुसार परिणाम नआएको बिषयलाई गम्भीरता पूर्वक लिएको बताए । राप्रपा नेपालको औतित्य र महत्व अझै बढेको बताउँदै थापाले हामीलाई सरकारमा गएर गल्ति गर्यो, गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरु आज कता छन्, भन्दै प्रश्न गरे ।

राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो, शक्तिशाली ठाउँ त महाधिवेशन हो । महाधिवेशनले पास गरेको नीति विपरित राप्रपा सत्तामा गएको भन्दै उनले आलोचना गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल र यसको नेतृत्वलाई समाप्त पार्छौ भन्नेको सपना हुन नदिने दृढता ब्यक्त गरे ।

प्रतिक्रिया