वादी समुदायको जीविकोपार्जनमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

पालिका डायरी
२३ पुष २०७९
वादी समुदायको जीविकोपार्जनमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्ने बताएका छन् ।

शनिबार बिहान बालुवाटारमा वादी समुदायका अगुवाहरुसँगको छलफलमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यक्तिगत पुनर्स्थापनाको लागि निर्णय गरेको भन्दै निर्णय कार्यान्वयनमा समस्या देखिएको भए हल गर्ने बताए ।

‘इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’ उनले भने, ‘ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।’

वादी समुदायका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
prachanda-with-badi-samudaya