प्रतिस्पर्धाद्वारा गुणस्तरीय शिक्षामा जाेड दिनुपर्ने: वडा अध्यक्ष सिग्देल

पालिका डायरी
२१ पुष २०७९
प्रतिस्पर्धाद्वारा गुणस्तरीय शिक्षामा जाेड दिनुपर्ने: वडा अध्यक्ष सिग्देल

हेटौंडा / हेटौंडा उपमहानगरपालपका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले शैक्षिक प्रतिस्पर्धाद्वारा गुणस्तर सुधार गर्नुपर्ने बताउनु भएकाे छ ।

वडा कार्यालयद्वारा सञ्चालित बालकक्षा सहयाेगी शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयाेग प्रशिक्षण कार्यक्रमकाे उद्घाटनमा बाेल्दै अध्यक्ष सिग्देलले भाैतिक पूर्वाधारकाे विकाससंगै शैक्षिक, सामाजिक, खेलकुद, वातावरणीय र आर्थिक विकासमा जाेड दिनुपर्ने बताउनु भयाे । समग्र विकासकाे लागि शिक्षाकाे महत्वपूर्ण भूमिका रहने हुँदा स्थानीय तहले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनु भयाे । तल्लाे कक्षाबाट नै विध्यार्थीलाई गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्नुपर्ने उदेश्यले भएकाे प्रशिक्षण कार्यक्रम आधुनिक माविकाे हलमा भएकाे र प्रशिक्षणमा वडाका ८ वटा विध्यालयका २४ जना शिक्षक सहभागी भएकाे कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने बताईएकाे छ ।

वडा शैक्षिक गुणस्तर सुधार समितिका संयाेजक तथा श्रमिक मावि प्रधानाध्यापक श्रीराम दाहालकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा आधुनिक माविका प्रअ रामसागर गुरागाईँ, भुटनदेवी माविका प्रअ माधव दाहाल, राेज एकेडेमी प्रिन्सिपल रूविन श्रेष्ठ, आरामाविका शिक्षक राजाराम पाेख्रेललगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिस्पर्धाद्वारा गुणस्तरीय शिक्षामा जाेड दिनुपर्ने: वडा अध्यक्ष सिग्देल

प्रतिक्रिया