सप्तकोशी जलाधार–ओम साई जेभीसँगको ठेक्का सम्झौता तोडियो

पालिका डायरी
७ पुष २०७९, १८:२७

हेटौडा / हेटौंडाको ३ वटा वडामा सडक स्तरोन्नतीका कार्य समयमै हुन नसकेपछि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं २, ४, ५, १०, ११, १२ र १४ नं वडाको सडक स्तरोन्नतीको ठेक्का पाएको सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभीसँगको सम्झौता तोडिएको हो ।

समयमै काम गर्न नसकेपछि उक्त कम्पनीसँग सम्झौता तोडिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी इञ्जिनियर हरि प्रसाद ओझाले जानकारी दिए । सम्झौता अनुरुपको काम नभएपछि सम्झौता तोड्नुपरेको उनले बताए ।

कुल ७ करोड ७८ लाख २० हजार रुपैयाँमा सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभीसँग सम्झौता भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नं २, ४ र १० मा करिब ५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको इञ्जिनियर ओझाले जानकारी दिए ।

प्रतिक्रिया
yatayat-purbadhar-nirdesanalaya-hetauda-nepalkalam-360×360