सर्वदलीय बैठक जारी
प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको रुपमा सपथ खाएको भोलिपल्ट पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका छन्। बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा जारी छ।
जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए। लगत्तै उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आह्वान गरेका थिए।
सर्वदलीय बैठकपछि प्रतिनिधि सभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। दिउँसो १ बजेका लागि सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।
सपथका लागि नेपाली बाहेक नै १४ भाषामा २७ सांसदले नाम टिपाएका छन्।
प्रतिक्रिया