गठबन्धन गर्दा प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको होः दाहाल

पालिका डायरी
४ पुष २०७९, १३:०१
file photo file photo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन बन्दा प्रधानमन्त्री आलोपालो गर्ने समझदारी भएको बताएका छन्।

गठबन्धनका बीच लिखित सम्झौता नभए पनि आलोपालो रुपमा सरकारको नेतृत्व गर्ने समझदारी भएको उनको भनाइ छ। चितवनमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुंगाउनुपर्ने भन्दै सबैलाई प्याकेजमै टुंगो लगाउने समझदारी भएको बताए।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीको दौडमा नभए पनि जिम्मेवारी आए लिने प्रष्ट्याए। “समझदारीबाट जिम्मेवारी आयो भने लिने काम हुन्छ। समझदारीबाट अरुनै हुन पनि सक्छ‚” उनले भने।

गठबन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरू बसेर टुंगो लाग्ने बताए।

प्रतिक्रिया
prachanda_U8XV1dtRQy