बाजुरामा जिप दुर्घटना, ७ जना घाइते

पालिका डायरी
२१ मंसिर २०७९
accident

कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दिउँसो कोल्टीदेखि मार्तडीका लागि छुटेको यात्रुवाहक जिप बिरसैननजिकै पल्टिँदा त्यसमा सवार सात जना घाइते भएका हुन् ।

लु १ ज ४०३५ नम्मरको जिप बुढीनन्दा नगरपालिका– ५, बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १० जना सवार थिए । त्यसमध्ये सात जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक कृष्णदत्त भट्टले जिपमा सवार १० जनामध्ये सात जनालाई समान्य चोट लागेको जानकारी दिए । घाइतेहरू बाजुरा, हुम्ला र मुगुका रहेको उनले बताए ।

घाइते हुनेमा हुम्लाको सर्केगाडका ४५ वर्षीय कालीबहादुर बुढा, सोही ठाउँका २२ वर्षीय भैर बुढा, हुम्ला सिमीकोट २ का ४१ वर्षिय रन बुढा, मुगुको श्रीकोटका २७ वर्षीया ललिता रोकाया, सोही ठाउँका २५ वर्षीय भीमबहादुर बानिँया, मुगु तिन रोलका ३५ वर्षीय गोरखबहादुर रोकाया र बुढीनन्दा नगरपालिका १० का ४५ वर्षीय जित ल्वार रहेका छन् ।

घाइते सबै जनाको अहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
accident