सुनको मूल्य प्रतितोला १ लाख नजिक

पालिका डायरी
१८ मंसिर २०७९, १२:३७
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य प्रतितोला १ लाखनजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला ९९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार ४ सयले बढेको हो । ५ दिनमै सुनको मूल्य तोलामा २ हजार १ सय बढेको छ । मंसिर १३ गते सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै गत वर्षको फागुन २५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने आइतबार २५ रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १३४५ रुपैयाँ रहेकोमा १३७० कायम भएको छ ।

प्रतिक्रिया